Thursday, December 2

काठमाडौंको सुन्धाराबाट भक्तपुर पुगेकी १५ बर्षीय किशोरीको बयान, नास्ता खाउँ भन्दै होटल भित्र लगेर…..

August 23, 2021 388

धुलिखेल घर भएकी १५ वर्षीया बालिकालाई काठमाडौंको सुन्धाराबाट ललाई फकाई भक्तपुर पुर्याएर कर णी गरेको अभियोगमा धुलिखेलकै वर्ष २३ का जयराम चौंलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका ८ घर भएका चौंलागाईंले सोही स्थानकी बालिकालाई हिजो दिउँसो भक्तपुरमा कर णी गरेको बालिकाकी आमाले दिएको किटानीमा उल्लेख छ ।

बालिकाकी आमाका अनुसार छोरी शनिबार बिहान १० बजेदेखि हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंले खोजतलास गर्ने क्रममा उनी हिजो काठमाडौंको सुन्धारामा फेला परेकी हुन् ।

उनका अनुसार चौलागाईं बालिकाका छिमेकी हुन् । उनले बालिकालाई ललाईफकाई घुम्न जाऔं भनेर घरबाट भक्तपुर लिएर आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । ‘चौलागाईंले सोही दिन भक्तपुर नगरपालिका ४ स्थित एक गेस्ट हाउसमा खाजा नास्ता खाने बहानामा लगी ललाईफकाई ड र धाँ;क ध;म्की दिइ कर ‘णी गरेको पीडित बालिकाले बताएकी छिन्’, उनले भने ।

प्रहरीले सोधखोज गरेपछि बालिकाले आफूलाई चौंलागाईंले शनिबार भक्तपुरको एउटा गेष्ट हाउसमा खाजा खाने बहानामा कर णी गरेको बताएकी थिइन् । लगत्तै चौंलागाईंलाई पनि प्रहरीले सुन्धारा क्षेत्रबाट पक्राउ गरेर आवश्यक कारबाहीको लागि भक्तपुर पठाएको बताएको छ ।

प्रतिकृया दिनुहोस्