Saturday, November 27

टिकटकवाट स्टार बनेकी स्मारिकासगं किन भयो डिभोर्स ? विवेक र स्मारिकाले फेसवुक लाइभमा यस्तो भने (भिडियो हेर्नुस्)

August 23, 2021 491

काठमाडौं । चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक जीवनमा पतिसंग अलग भएकी छन् । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

स्मारिकाका श्रीमान विवेक अधिकारीले भने फेसवुक लाइभमा आएर त्यसको पुष्टि गरेका छन् । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् । ‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृ णा गर्दैनौं ।’

आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मान गर्ने उनले बताए । सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप आएपछि उनले यस्तो आरोप नलगाउन उनले आग्रह गरेका छन् ।

‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस् भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।

नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । म लगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।

डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् ।

विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको ला ञ्छ ना नलगाउन आग्रह गरे । ‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला भन्दै सबैलाई आग्रह गरेका छन् ।’

प्रतिकृया दिनुहोस्