Thursday, December 2

गायिका शान्ति श्री परियारलाई जन्मदिनको लाखौ लाख शुभकामना

August 23, 2021 261

काठमान्डौ:नेपाली लोक संगीतमा सबैको प्रिय गायिका हुन् शान्ति श्री परियार जसलाई एक शंघर्षले जन्मिएकी गायिका भनेर पनि आम दर्शकले चिन्ने गर्छन।नेपालकै एक बिकट जिल्ला रोल्पामा जन्मिएकी परियार आफुलाई सधै मिहनत प्रति विश्वास गर्ने गायिकाको रुपमा उभ्याईन जसको उदाहरण आज आएर ‘कुरा बुझ्न पर्च’ सम्म देखिन्छ।

जव परियारले ‘बोल माया’ गीत गाइन तव उनको सबै तिर चर्चा भयो।हुन त यस अगाडी पनि उनले आवाज दिएको गीतहरु धेरैनै चर्चित छन तर उनि डिजिटल मार्केटमा भने यही गीतबाट फड्को मारेको देख्न सकिन्छ।प्रकाश सपुत संगको सहकार्य उनको लागि बरदान सरहनै देखिन्छ सायद आज सम्मको यात्रा यसैको एक सफलता हो भन्दा फरक नपर्ला।

परियारले आवाज दिएको गीत ‘बोल माया’ले नेपाली लोक संगीतकै लागि एउटा चुनौतिपूर्ण गीतको रुपमा प्रवेश भयो जसले गर्दा परियार स्टुडियो देखि स्टेज सम्म निकै व्यस्त देखिइन।उक्त गीतको केहि बर्ष नपुग्दै अर्को सृजना बजारमा आयो त्यो हो ‘गलबन्दी ‘जुन गीत पनि नेपाली लोक संगीतको लागि अर्को सफल सृजनाको रुपमा चिनियो।

‘गलबन्दी’ गीत पछि त् झन् शान्ति श्री परियारको माग धेरै बढ्न थाल्यो उनि यतिधेरै स्टेज चढीनकि उनलाई नेपालमा भेट्न निकै मुस्किल थियो।महिनामा २ दिन पनि फुर्सद नमिल्ने अवस्था सम्म देखियो शान्ति श्री परियारको।उनि अधिकांश देश गीत गाउनकै लागि पुगिन भने देशका सबैजसो जिल्लामा हुने महोत्स्वमा उनको नाम देखिन्थ्यो यसैले पनि हुन सक्छ उनलाई झन् उर्जा थपिने गर्दथ्यो।

परियार केहि महिना भने हराए जस्तै देखियो कारण थियो उनि गर्भवती अबस्था।आफु उक्त अबस्थामा रहदा पनि गीत गाउन भने छाडीनन् सोहि बिचमा उनको केहि गीत निकै हिट भयो। जस्तै ‘छुट्न लाइ पो रहेछ माया’,’चौका दाउ’,’नौजाले’,’लाउन्न दाजै पिरती’,’म झरेको पात’,’तारे भिर’लगाएत सुपरहिट गीत हो ।नौजाले र चौका दाउ भने एकै समयमा आएको थियो ।केहि दिन अगाडी नौजाले बजारमा आए संगै चौका दाउ पनि संगीत बजारमा आयो दुबैको चर्चा उस्तै देखियो यति सम्मकी धेरै गीतहरु शान्ति श्री परियारकै आवाज भरिएको देख्न पाए दर्शकले।

परियारको दुवै गीत हिट भएको समय भने उनि आफु बल्ल सुत्केरी भएको ३५ दिउन बितेको थियो।सबै चकित थिए ३५ दिनमै उनि स्टुडियो टेक्न पुगिन भनेर।उनि सबैतिर आफुलाई अब्बल गायिकाको रुपमा साबित गरिन।आज पनि उनको प्रखाईमा मात्र गीत रेकर्ड हुने गर्दछ।तीजमा पनि अधिकांश गीतमा शान्ति श्री परियारकै आवाज भरिएको पाइन्छ।

तीजको समयमा बजारमा आएको गीत “कुरा बुझ्न पर्च”ले यो बेला भने शान्ति श्री परियारको जीवननै बदलिदिएको छ।उनको आवाजमा आएको उक्त गीत अहिले झन्डै एक करोड नजिक छ।२ हप्ता नपुग्दै करोडको नजिक रहेको यो पहिलो गीत हो।जुन गीतले रेकर्ड ब्रेक गर्दै छ दोहोरी क्षेत्रमानै।उक्त गीत गायिका समिक्षा अधिकारीले पनि आवाज भरेकी छिन।शान्ति श्री परियारको लागि यो गीत पनि लक्की साबित् भएको छ।

प्रकाश सपुत लक्की शान्ति श्रीलाई

शान्ती श्री परियारको लागि प्रकाश सपुत लक्की भएको छ। उनि जव प्रकाश सपुत संग सहकार्य गर्न सुरु गरिन त्यस पछि उनको सबैतिर सफलता भयो।सबैले प्रकाश सपुत शान्ति श्री परियारको लागि लक्की भनेर पनि भन्ने गरेको पाइन्छ त्यसैको एक उदाहरण दुबैमा देखिन्छ। आज प्रकाश सपुतको चलेका गीतहरुमा शान्ति श्री परियारनै देखिएको पाइन्छ भने शान्ति श्री परियारलाई पनि प्रकाश सपुत फापेको पाइन्छ ।दुबैले एक अर्कालाई लक्की भनेर परिचित गर्छन भने आम दर्शकले पनि दुबैलाई दोहोरी क्षेत्रको लागि लक्की कलाकारको रुपमा लिने गर्दछन।त्यस कारण पनि प्रकाश सपुत शान्ति श्री परियारको लागि लक्की गायक हुन्।

प्रतिकृया दिनुहोस्