अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए । अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।
त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले सांगितिक क्षेत्रमा राम्रो स्थान बनाउन सफल रहेकी उनी अहिले इन्डियन आइडलकी जज छिन्।
उनी इन्डियन आइडल सिजन–६ बाट सांगीतिक क्षेत्रमा उदाएकी हुन्। उनका आवाजमा रहेका थुप्रै गीतहरु चर्चित बनेका छन्। उनी सफल भएपनि आफ्नो दुख भने कहिल्यै भुल्दिनन् । दुख र संघर्ष गरेर नै उचाइमा पुगेको हो भन्दै उनले राखी बन्धन मनाएकी छिन् ।
उनीहरु यहाँसम्म आइपुग्नुमा आफ्नो दाइ र दिदीले धेरै दुख गरेको कुरा उनले बताउँदै आएकी छिन् ।हालै उनले हिजो एक रुपैँया दिदाँ पनि सन्सार जिते झै लाग्थ्यो अहिले सारा संसार दिदाँ पनि अधुरो लाग्छ भन्दै केहि तस्विरहरु शेयर गरेकी छिन् ।
प्रतिकृया दिनुहोस्