Thursday, December 2

लोकदोहोरी गायक रबिन लामिछाने अकस्मात अस्पतालमा भर्ना,के भएको रहेछ ?

August 24, 2021 274

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक रबिन लामिछाने अस्पतालमा भर्ना भएका छन।केहि दिन देखि हातमा देखिएको समस्याको कारण उनि अस्पतालमा भर्ना भएका थिए।हात भाचिएको र अहिले अप्रेसन सफल भएको उनको पारिवारिक श्रोतले लालीगुराँस डटकमलाइ जानकारी दिएको हो।

लोकप्रिय गायक राजु ढकालको अनुसार उनको हात भाचिए संगै अहिले टिचिङ्ग अस्पतालमा उपचार गराईरहेको पाइएको छ ढकालले स्वास्थ्य लाभको कामना सहित तस्बिर सार्बजनिक गरेपछि आम दर्शक चिन्तित छन अहिले आम कलाकार तथा सुभचिन्तकले रबिनको स्वास्थ्य लाभको कामना गरिरहेका छन,सामाजिक संजालमा रबिनकै तस्बिरमात्रै देखिन्छ

केहि समय देखि उनि त्यति धेरै लाइभ दोहोरीमा देखिएका छैनन् भने अन्य तिर पनि उनको त्यति निरन्तरता थिएन।रबिनले आफु अस्वस्थ रहेको र केहि दिन अस्पतालमा भर्न हुन पर्ने भनेर पोस्ट गरे पछि लोकप्रिय गायक राजु ढकाल र देबी घर्ति अस्पतालमै भेट्न पुगेका थिए अहिले रबिनको सफल सल्यक्रिया भएको अस्पतालले जानकारी दिएको छ।

केहि समय अगाडिको रबिन लामिछाने संग समेटिएको यो खबर पनि पढ्नुहोस:
लोकप्रिय गायक रबिन लामिछानेको घाटीमा समस्या देखिएको छ।केहि महिना देखि लगातार उनको घाटीमा समस्या देखिएको र डाक्टरले गीत नगाउँन आग्रह गरेका छन।पछिल्लो समय सबैको मन मुटुमा बसेका रबिन यो बेला उक्त समयले गर्दा निकै दुखमा छन। नेपाली लोक पाराखिहरुको मन को ढुकढुकी हुन् रबिन।

प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रबिनको भोकल कनमा मासु पलाएकै कारण यो समस्या देखा परेको रबिनको उपचारमा खटिएका एक डाक्टरले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।

रबिनले आफ्नो फेसबुकमा लेखेका छन ‘घाटि मा उल्लेख्य सुधार आयको छ। तर पुर्ण रुप मा निको भैसकेको छैन। अझै केही समय गीत गाउन सक्दिन। छिट्टै पुर्ण निको भयर दिल खोलेर गीत गाउने चाहाना छ, र त्यो सङ्केत देखिसकेको छ।मेरो उपचार मा ठूलो भुमिका खेल्नु हुने Kathmandu ENT हस्पिटल , अनि डा. प्रकाश , डा. बिकाश लगायत मेरो सिघ्र स्वास्थ्य लाभ को कामना गर्नु हुने सबै सबै सुभचिन्तक हरु प्रती नतमस्तक छु।

केही समय को आराम अनि भोइस थेरापी पश्चात जबर्जस्त पुनरागमन गर्ने प्रतिबद्दता जाहेर गर्दछु। जय गीत जय सङ्गीत।’ रबिनालाई स्वास्थ्य लाभको कामना गर्दछौ।

प्रतिकृया दिनुहोस्