Saturday, November 27

ट्रकमा परिवारका सबै राखेर जाँदैथिए आशाराम, यस्तो नसोचेको घटना जसले छोरीलाई गरिदियो सन्सारबाटै बिदा, श्रीमति, छोरा र आफू अस्पतालमा छटपटाउँदै

August 24, 2021 331

मानिसको जीवनमा नियति खबर गरेर आउँदैन भन्ने उखान छ । यस्तै घटना सुनसरीका आशाराम चौधरीमाथि भएको छ । पेशाले उनी ट्रक चालक हुन् । बुधबार राति उनी ट्रकमा श्रीमति, छोरी र छोरासँगै कतै जाँदै थियो । त्यसै समयमा सप्तरीमा रोकि राखेको तेल ट्याङकरमा उनको ट्रक पछाडिबाट ठो कि यो । त्यस क्रममा ट्रक चालक चौधरीकी छोरीको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

घटना बुधबार राति साढे ११ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका ४ मा भएको प्रहरीले बताएको छ । घटना अनुसार पूर्व तर्फ जानलाई रोकेर राखेको को १ ख ६९५६ नम्बरको तेलको ट्याङकरमा चौधरीले चलाएको र सोही दिशा तर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रक पछाडीबाट ठो क्कि ए र दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका ४ बस्ने आशाराम चौधरीका छोरी ९ वर्षीया मेनुका चौधरीको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । त्यस्तै ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी श्रीमती ४० वर्षीया चन्द्रकाला थारुनी र २३ वर्षीय छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको तथा ट्रक र ट्याङकर राखेर घटनाको अनुसन्धन गरिरहेको डिएसपी काफ्लेले बताए । प्रतीकात्मक तस्वीर

प्रतिकृया दिनुहोस्