Saturday, November 27

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

August 25, 2021 287

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्