Tuesday, November 30

दुवै डोज खोप लगाएकी पौडी खेलाडी गौरिकालाई भयो संक्रमण

August 25, 2021 298

दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक प्राप्त पौडी खेलाडी गौरिका सिंहलाई संक्रमण भएको छ। उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई भाइरसको संक्रमण भएको हो।

‘मैले दुवै डोज खोप लिएकी थिएँ भने कुनै लक्षण पनि थिएन। तर संक्रमित केही व्यक्तिसँगको सम्पर्कपछि परीक्षण गर्दा ममा संक्रमण पुष्टि भएको छ,’ उनले भनेकी छन्, ‘म अहिले सरकारी मापदण्डअनुसार १० दिनका लागि आइसोलेसनमा छु।’ गत महिना जापानमा भएको टोक्यो ओलम्पिकमा पनि गौरिका नेपालका तर्फबाट सहभागी भएकी थिइन्।

यो पनि, कृषि उत्पादनतिर सहकारी
यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ । शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि व्यवसाय थालेको हो । बाइस रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर कृषि खेती सुरु गरिएको सहकारीका अध्यक्ष रतनप्रसाद मलेपतीले जानकारी दिनुभयो । रुम्टामा रहेको लक्ष्मीनारायण कला मन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो ।

पहिलो चरणमा आँप, कागती, अङ्गुर, लिचीलगायत गरी ३०० फलफूलका बोट लगाइएको अध्यक्ष मलेपतीले बताउनुभयो । उहाँका अनुसार छिट्टै तरकारी खेती, कुखुरा र बाख्रापालन व्यवसाय पनि सुरु गर्ने तयारीमा सहकारी छ । फलफूलबाहेक खाली रहेको जग्गामा व्यावसायिक धानबाली पनि लगाइएको सहकारीले जनाएको छ । कृषि व्यवसाय पूर्ण क्षमतामा सञ्चालनमा आउँदा आठदेखि १० व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष मलेपतीको भनाइ छ ।

ऋण, बचतको कारोबार गर्दै आएको सहकारी पहिलोपटक व्यावसायिकरूपमा कृषि उत्पादनमा जोडिएको हो । सहकारीले कृषिमा लगानी गर्न गत आवमा रु ५० लाख बजेट छुट्ट्याएको थियो । सहकारीले २० प्रतिशत पूँजी उत्पादनका क्षेत्रमा लगाउनुपर्ने राज्यको नीति छ । “कृषिको व्यावसायीकरणका साथै रोजगारी सिर्जना सहकारीको मुख्य उद्देश्य हो”, अध्यक्ष मलेपतिले भन्नुभयो, “बृहत् कृषि फार्मका रूपमा विकास गर्ने योजना छ ।”

सहकारीका सचिव युक्तजङ्ग राजभण्डारीले फलफूल खेतीका लागि नगरपालिकाले बिरुवा अनुदानमा दिएको बताउनुभयो । सहकारीले गत मङ्सिरदेखि जग्गा भाडामा लिएर कृषि सुरु गरेको उहाँको भनाइ छ । अन्नबाली र तरकारी खेती गरिँदै आएकामा गत महिनादेखि फलफूल खेती थालिएको हो । सदरमुकाम नजिकै सस्तो भाडामा उब्जाउ जमिन पाएपछि सहकारीलाई कृषि खेतीको योजना बनाउन सहज भएको हो ।

त्यहाँको उत्पादन सजिलै बजार ल्याउन सकिन्छ । ऋण, बचतको काम मात्रै नगरी उत्पादनका क्षेत्रमा पनि लगानी गर्नुपर्ने प्रावधान भए पनि अधिकांश सहकारी त्यसतर्फ तत्पर छैनन् । केही सहकारीले गरेको लगानी पनि फलदायी हुनसकेको छैन । कृषि र पशुपालनको नाम दिएर सञ्चालित सहकारी पनि ऋण, बचतमा लागेका देखिन्छन् । कतिपय सहकारी भने स्थानीय उत्पादनको बजारीकरणमा लागेका छन् ।

प्रतिकृया दिनुहोस्