Tuesday, November 30

जिन्दगीमा यी १० गल्ती कहिल्यै नगर्नुहोस्, नत्र समय अगावै लाग्छ बुढेसकाल

August 25, 2021 355

काठमाडौँ । बिहानदेखि बेलुकासम्म हामी यस्ता विभिन्न गल्ती गर्छौं जसले हाम्रो शरिरमा नराम्रो असर पुर्याउने गर्दछ।

यीमध्ये केही यस्ता गल्ती हुन्छन् जसका कारण हामीलाई समयअगावै बुढ्यौलीले छुने गर्दछ। यदि यी कुरामा ध्यान दिएर समाधान निकाल्न सके कम उमेरमा नै बुढो देखिने समस्याबाट बच्न सकिन्छ।

म्याक्स हेल्थ केयरका डर्मेटोलोजिस्ट डा अपूर्व जैनले कम उमेरमा नै बुढो देखिन सहयोग गर्ने केही गल्तीबारे जानकारी दिएका छन्।

१) पर्याप्त नसुत्नुः
थुप्रै अनुसन्धानले यो पुष्टि गरेको छ कि यदि हामी राती ७ देखि ८ घण्टा नसुते यसले तनाव, मुटु रोग र उच्च रक्तचापको समस्या निम्त्याउँछ। यो गल्तीले समय अगावै बुढा बनाउन सक्छ।

२) तनावमा रहिरहनुः
लगातार तनावमा रहँदा शरिरमा केही यस्ता हर्मोन बन्न थाल्छ जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ। यसले अनुहारमा समय अगावै चाउरी निम्त्याउने गर्दछ।

३) लगातार बसिरहनुः
लगातार थुप्रै घण्टासम्म एकै ठाउँमा बसिरहँदा खाना राम्रोसँग पच्दैन। यस्तोमा तपाईं मोटोपनाको शिकार हुनुहुनेछ जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ र समय अगावै बुढो देखाउँछ।

४) कम पानी पिउनुः
दिनभरी सात देखि आठ गिलास पानी नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन। यस्तोमा छाला रुखो हुने गर्दछ जसले चाउरी पर्ने गर्दछ।

५) नशाको लतः
रक्सी, गाँजा, चुरोट र लागुपदार्थको नशा छ भने शरिरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छ। यसले तनावलाई बढाउने ष्र्दछ र समय अगावै बुढा पनि।

६) एकैपटक थुप्रै काम गर्दाः
एकैपटक थुप्रै काम गर्दा ऊर्जा त खर्च हुन्छ नै साथै तनाव पनि बढ्ने गर्दछ। यसले दिमाग र मुटुमा नराम्रो असर पर्ने गर्दछ।

७) नास्ता नगर्दाः
बिहानको नास्ता नगर्दा दिनभरी थकान र कमजोरीको समस्या हुने गर्दछ। यसले छालामा नराम्रो असर पुर्याउने गर्दछ र हामी समयपूर्व नै बुढो देखिन थाल्छौं।

८) अस्वस्थकर खाना खाँदाः
खानामा दुध, दही, पनिर, हरियो सागसब्जी वा अण्डा, माछा, चिकन, मटनजस्ता खानेकुरा समावेश नगर्दा शरिरले आवश्यक पोषक तत्व प्राप्त गर्दैन । यसो हुँदा व्यक्ति उमेरभन्दा अघि नै बुढो देखिन थाल्छ।

९) सनस्क्रिन नलगाउँदाः
सनस्क्रिन नलगाउँदा घामको तेज किरणले छालामा प्रत्यक्ष असर पुर्याउने गर्दछ। यसले छालाको रङ र नरमपन दुबैलाई कम गर्दछ।

१०) व्यायाम नगर्दाः
दैनिक बिहान व्यायाम नगर्दा शरिर फिट हुँदैन। यसले मोटोपना, अपच, एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ। यस्तोमा समयपूर्व नै बुढ्यौलीले छुने गर्दछ।

प्रतिकृया दिनुहोस्