Monday, May 23

एकान्त खोज्ने जोडीलाई मात्र लक्षित गरी खुल्यो ‘लभ होटेल’ कहाँ होला ?

October 3, 2021 362

हङकङ : महामारी सुरु भएपछि पर्यटक आउन छाडे। त्यसमाथि म’हामारी लम्बिँदै गयो । संकटको घडीमा हङकङको एक होटेलका सञ्चालकहरुले ठूलै परिवर्तन गर्नुपर्ने निर्णय लिए । यस्तो स्थितिमा पनि सञ्चालकहरुले नयाँ होटेल खोल्ने निर्णय गरेको सुन्दा महाप्रबन्धक रेन यिमले पत्याउनै सकिनन्। नभन्दै अगस्टमा कजवे बेको केन्द्रमा म्युज ए’क्स नामक नयाँ होटेल खुल्यो। एकान्त खोज्ने जोडीहरुलाई लक्षित गरी यो होटेल खोलिएको हो।

‘पूर्ण रुपमा लभ होटेलका रुपमा खुलेको हङकङको एक मात्र होटेल यही हो। मान्छेहरुका सामु उभिएर यो लभ होटेल हो, यहाँ घण्टाको दरले पैसा तिर्नुपर्छ भन्न हामीलाई कुनै लाज छैन,’ महाप्रबन्धक यिम भन्छिन्। म्युज एक्समा ५४ कोठा छन्। तिनको सजा वट पनि सामान्य होटेल कोठाभन्दा अलग छ। जो विभिन्न थिम अनुसार सजाइएको छ। २३ तले यो होटेल एकान्त खोज्ने जोडीलाई मात्र ल’क्षित गरेर खोलिएको पहिलो होटल भएको जानकारहरु बताउँछन्।

‘यो ठाउँ गु’प्त ल’सपस वा छा’डा व्य’वहार गर्ने ठाउँ होइन, बरु एक सफा लभ होटेल हो, जसले परम्परा गत होटेलहरुले झैँ ग्राहकहरुको सेवा गर्छ भन्ने छवि निर्माण गर्न सक्यौँ भने महामारी पछि यहाँ अनेक प्रकारका ग्राहक आ’कर्षित हुन सक्छन्,’ यिम भन्छिन्। मङ कोकको सो’बेर होटेलले पनि आफूलाई रि’ब्रान्ड गरेर लभ होटेल बनाएको छ।‘हामीले खु’ल्लमखुल्ला यो लभ होटेल हो भनेका छौँ।

यहाँ ल’जाउने कुरा केही छैन’ होटेलकी महाप्रबन्धक किट लाउ भन्छिन्। म्युज एक्सले दुई घण्टा समयका लागि एउटा कोठाको २८० डलर हङकङ डलर शुल्क लिन्छ भने सोबेरमा चार घण्टाको ३८० डलर। होटेलहरुले म’हामारीपछिको नयाँ व्यापारिक यथार्थसँग समायोजन गरिरहेको सांसद यु सि विङ बताउँछन्। ‘सिंगो होटेल से’क्टर ग्राहकका लागि नयाँनयाँ स्रोत खोज्न बा’ध्य भएको छ,’ उनले भने। एससीएमपी

प्रतिकृया दिनुहोस्