Thursday, December 2

अबदेखि मन्दिरमा टिकटक बनाउन नपाइने

January 26, 2021 332

बारा । विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध लगाएका छन् ।

आफनो गाउँठाउका पढ्ने उमेरका बालबालिकाले विदेशी संस्कृतिको नक्कल गर्दै टिकटक बनाउन लागेकोले सो टिकटक मन्दिरमा प्रतिबन्ध लगाएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् । पढ्ने उमेरका बालबालिकाहरु विदेशी संस्कारको नक्कल गर्दै अमर्यादित तरिकाले टिकटक बनाउन नपाइने निर्देशन जारी गरेको उनले बताए । टिकटकले समाजमा विकृति फैलिरहेको भान हुन साथ आफुले सो कदम उठाएको समेत नगरप्रमुख यादवले जानकारी गराए ।

मन्दिर भनेको सबैको साजा सम्पत्ती भएकोले सवैले यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । देश विदेशबाट आउने श्रद्धालुहरुलाई समेत असर पुगिरहेकोले मन्दिरमा टिकटक, अश्लील हर्कत गर्ने जो कोहिलाई पनि कानुनको दायरमा ल्याउन नगरप्रहरीलाई निर्देशन दिएका छन् । देश विदेशबाट दर्शन गर्न आउने जोकोहि श्रद्धालुहरुलाई माता गढिमाईको प्राङ्गणमा सभ्य तरिकाले फोटो खिच्न पाउने तर अ’श्लिलता दर्शाउने टिकटक बनाउन नपाउने भएका छन् ।

केहि दिन यत्ता डलर कमाउने उद्धेश्यले टिनएजर युवाहरुमा टिकटकको क्रेज नै बढेको पाईन्छ । सार्वजनिक मठ मन्दिर, विद्यालय, पिकनिक स्पटमा टिकटक बनाउनेको फैशन नै भएको पाइन्छ । नगर स्वच्छता अभियान अन्र्तगत मन्दिरमा जुत्ता चप्पल समेत प्रतिबन्ध लगाईएको छ । दर्शन गर्न आउने श्रद्धालुहरुको जुत्ता चप्पलको राख्ने ठाउको पनि चाडै व्यवस्था गरिने छ । गढिमाई मन्दिर प्राङ्गणमा पानी मुनि शिषमहल, सुर्यमन्दिर, दर्शानार्थीहरुको जुत्ता चप्पल संकलन गर्न पशुपतिानाथ मन्दिरको मोडालिटि झै काम भइरहेको नगरपालिकाले जनाएको छ ।

बलिकै रुपमा चिनिने गढिमाई मन्दिरमा लाखौको संख्यामा रागाँ, बोका, खसी, परेवाको बलि दिने गरिन्छ । हरेक पाँच वर्षमा एक चोटी लाग्ने पञ्चवर्षीय मेलामा करोडौको संख्यामा देश विदेशबाट दर्शानार्थीहरु भाकल पुरा भए पश्चात माताको दर्शन तथा बलि दिने गरेको मन्दिरका पुजारी मंगल चौधरीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्