Saturday, December 4

बला त्का,र आरोपमा भाइरल अर्जुन प,क्रा उ

January 26, 2021 360

धनगढी : कैलालीकी एक युवतीलाई चार वर्षसम्म बन्धक बनाएर ब ला त्का र गरेको आरोपमा प्रहरीले एक जनालाई प क्रा उ गरेको छ । जिल्लाको भजनी नगरपालिका–४ कि एक युवतीलाई ४ वर्षसम्म बन्धक बनाएर ब ला त्कार गरेको आ रोपमा घोडाघोडी नगरपालिका-२ साँडेपानी बस्‍ने २४ वर्षीय छित्ता भन्‍ने अर्जुन विकलाई प्रहरीले प क्रा उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार विकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबरजस्ती क र णी गरेको आ रोप छ । साउन १५ गते युवतीलाई कोठामै राखेर विक फरार भएको जाहेरीपछि विकलाई प क्रा उ गरिएको विष्टले बताए । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट प क्रा उ गरेको हो ।

प क्रा उ परेका विक केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए । आफ्नो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बाँधेर बोक्दै ठेला गुडाएको अर्जुनको फोटो भाइरल भएको थियो । सरु सुनारले खिचेको त्यो तस्बिरले धेरैको मन तानेको थियो ।

अर्जुनले सुनाएको एकोहोरो कथामा विश्वास गरेर युट्युब च्यानलहरूले उनलाई निकै साथ दिएका थिए । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको उनको भनाइ थियाे ।इकागज**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्