Tuesday, November 30

‘मामा मलाई नमा’र्नु’ भन्दै बिन्ती गरेका थिए भुपेन्द्रले, ‘खु’कुरीको धारले भान्जा भन्दैन’ भन्दै लिए ज्यान

November 13, 2021 49

काठमाडौ । कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको घटनामा १६ जनाविरुद्ध जाहेरी परेको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रको घटनामा उनको परिवारले १६ जनाविरुद्ध जाहेरी दिएको हो।

गत मंगलवार राति लम्कीचुहा नगरपालिका-१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका(१ स्थित सिद्धार्थ होटल नजिकै एक समूहले च क्कु ले हानेर ज्यान लिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किटानी जाहेरी परेका १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनाका ‘योजनाकार’ चिसापानी बजारका नवीन रावलसहित ८ जना फरार रहेको प्रहरीले जनाएको छ।

भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कपिलसहित लम्कीचुहा नगरपालिका(३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा(१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका(१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई हिरासतमा राखिएको हो।

आपसी रिसइबीमा होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘मामा मलाई नमा र्नु,’ भूपेन्द्र बडुवालले हात जोड्दै विन्ती गरेका थिए । तर, कैलालीका ग्याङ स्टर नन्दु भनिने नवीन रावलले छाडेनन् । ‘खु कुरी को धारले नाता भन्दैन भाञ्जा’ भन्दै नन्दुले ल’खे ट्दै प्र हा र गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार २३ कात्तिकको साँझ ९ बजे भूपेन्द्रमाथि नवीन रावलको समूहले आ क्रम ण गरेको थियो । नाताले नवीन रावल भूपेन्द्र बडुवालका मामा पर्छन् । टाढाको नाताले उनीहरुबीच चिनजान पनि थियो । तर, योजनावद्ध तरिकाले डाकेर घटना भएको थियो ।

भूपेन्द्रलाई आफ्नै साथी कपिल श्रेष्ठले पेट्रोलको बहानामा डाकेका थिए । दिपेश न्यौपानेलाई लिएर सुरुमा केराबारीमा पुगेका थिए । तर, असुरक्षित ठानेर फर्किएका थिए । उनलाई देखेर नवीन रावलको समूहले पिछा गरेको थियो । पछि जमरापुल सिद्धार्थ होटल नजिक रोकेका थिए ।

यो प्रकरणमा कैलालीका दुईजना समुहको विवाद जोडिएर आउँछ । एउटा समूहको नेतृत्व नवीर रावल र अर्को समूहको नेतृत्व जयन्द्र शाहीले गर्दै आएका छन् । दुवैलाई राजनीतिक संरक्षण पनि छ ।

नवीन रावल र जयन्द्र शाही १० वर्ष अघिसम्म मिल्ने साथी थिए । काठमाडौंमा रहँदा निकै मिल्थे । उनीहरुले आ परा धिक गतिविधि गर्दै आएका थिए । पैसाको लेनदेनले दुवैबीच फाटो आयो । कैलालीमा यी दुईले फरक समूह खडा गरे ।

नवीन रावल चीसापानी र जयन्द्र शाही टीकापुर केन्द्र बनाएर गु ण्डा गर्दी गर्थे । यसै वर्षको तीजलगत्तै नवीनले भूपेन्द्र बडुवाल, मोहन शाही र प्रकाश रिमाललाई लम्कीस्थित झुंगा रिसोर्टमा डाकेका थिए । उनले जयन्द्रको समूहमा नबसी आफ्नो समूहमा आउन दबाब दिएका थिए । यो घटनावाट दुई समुहबीच थप समस्या उत्पन्न भयो । आफ्ना समुहका साथीहरुलाई आफ्नो समुहमा लैजान लागेको भन्दै नवीनको समुह माथि निगरानी राखेको थियो ।

यता भुपेन्द्रले अब म कुनै समुहमा लाग्दीन म अमेरिका जान लागेको छु भनेका थिए । बागबजारस्थित बिफिनिटिभ एडकेयरमा पीटीईको तयारी गर्दै थिए । बिजनेश उकाउन्टमा स्नातक पनि गरिरहेका थिए । तिहारको बिदा अगाडि उनी कैलाली पुगेका थिए । तिहारमा घर नजाऊ भनी एजुकेशन सेन्टरका शिक्षकले पनि बडुवाललाई भनेका थिए । तर, उनी तिहारलगत्तै आउँछु भनी गएका थिए । तर, फेरि काठमाडौं फर्कन पाएनन् ।

प्रतिकृया दिनुहोस्