Tuesday, November 30

दुबई बाट आएका यात्रुलाई ट्वाइलेट गराएर निकालियो आधा किलो सुन

November 13, 2021 142

काठमाडौं, २७ कात्तिक ।

नेपालमा सुन तस्क’रहरूले एकपछि अर्को गर्दै तस्क’रीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्क’रहरूलाई पक्रा’उ गरेको प्रहरीले बुधबार भने मलद्वा’रमा लुकाएर सुन ल्याएको फेला पारेको हो ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्रा’उ गरेको हो । उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शं’का’स्पद लागेपछि प्रहरीले पक्रा’उ गरेर अनुस’न्धान गर्दा सुन ल्याएको पाइएको बताए । ‘उनको हाउभाउ, हिडाइ शं’कास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सु’रक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले भने ।

सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए । उनले सुन त’स्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्