बुद्ध लामाले भगाए खत्रीकी छोरीलाई, भयो यस्तो हंगामा

काठमाण्डौ । गायक बुद्ध लामाले आफ्ना सहकर्मी केवीका खत्रीलाई सबैको अगाडीबाट नै आफ्नै काँधमा बोकेर भ’गाएका छन् । उनले डान्सिङ्ग विड द स्टारसको मञ्चबाट आफ्ना कोरियोग्राफर एवं सहकर्मी केवीका खत्रीलाई काँधमा बोकेर भएका हुन् । तामाङ्ग सेलो गीतमा नाच्ने क्रममा गायक लामाले जब केवीकालाई भ’गाउनकोलागी आफ्नो काँधमा बोके तब तालीले मञ्च नै गर्जिएको थियो ।

‘माथिमाथि गुँरास फुल फुल्यो तलतल बेसीमा धान झुल्यो’ बोलको तामाङ्गसेलो गीतमा गायक लामाले आफ्नो प्रस्तुती दिएका थिए । उक्त प्रस्तुतीकालागी उनलाई उनलाई कोरीयोग्राफर केवीकाले तयार गरेकी थिईन् । बुद्ध र केवीकाको उक्त प्रस्तुतीलाई सबै जजहरुले राम्रो कमेन्ट गरेका थिए ।

जजका रुपमा रहेका दिपिल रायमाझिले त बुद्धलाई देखेर आफुलाई आरिस लागेको बताएका थिए । जज रायमाझिले एउटै मान्छेलाई यति धेरै प्रतिभा भगवान कसरी दिन सक्छन् ? भन्दै बुद्धको बहुप्रतिभाको खुलेरै तारिफ गरेका थिए । उनले बुद्धले गायन क्षेत्रमा सबैलाई गीत गाउन सिकाएको र अब डान्समा पनि बुद्धले डान्स कसरी गर्ने भनेर सिक्दै गरेको कुरामा राम्रो कमेन्ट गरेका थिए ।

त्यसैगरी अर्का जजको रुपमा रहेकी गौरी मल्लले बुद्धको नाच र नाचकै क्रममा तामाङ्गसेलो गीतमा केवीकालाई भ’गाएको देख्दा आफु विगतमा गएको बताएकी थिईन् । जज मल्लले पहिला पहिला आफ्हरुले पनि तामाङ्गसेलो गीतमा नाच्दा यसरी गरी आफुहरुलाई पनि काँध राखेको कुराको सम्झना गर्दै निकै सुन्दर प्रस्तुती भनेकी थिईन् ।

अथिती जजको रुपमा रहेकी कलाकार बसुन्धरा भुसालले भने तामाङ्गसेलो गीतमा शिरफुल लगाईँदैन भन्दै यस्ता सांस्कृतिक गीतहरुमा प्रस्तुती दिंदाखेरी कोरियोग्राफरले साना साना कुरामा ध्यान दिन आवश्यक रहेको बताएकी थिईन् । त्यसैगरी जजकै रुपमा रहेकी अर्का जज रिनिसाले पनि बुद्धको प्रस्तुतीलाई राम्रै प्रतिकृया दिएकी थिईन् ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्