वास्तुशास्‍त्र अनुसार कपूरलाई घरमा राख्नाले हुन्छ फाइदै-फाइदा ! हेर्नुहोस् !

हिन्दु धर्मअनुसार पूजामा यदि कपूरलाई समावेश गरिएन भने पूजा अधुरो हुने मानिएको छ । यसको प्रयोगले घरको नकारात्मक ऊर्जा हटेर जान्छ र साथै स्वास्थ्यको लागि पनि लाभकारी औषधि मानिन्छ । कपूरले हाम्रो जीवनमा कैयौ तरिकाले लाभ प्रदान गर्ने गर्दछ । वास्तु-शास्‍त्रअनुसार, लाखौ कोशिश गर्दा पनि काम बनिरहेको छैन, राम्रो समय आएको छैन, धनको कमि लगातार भईरहन्छ भने चाँदीको भाडोमा नियमित रुपमा ल्वाङ र कपुरलाई बाल्ने गर्नुहोस् ।

यसले बाधा-अर्चनको समाधान गर्नेछ र काम बन्नेछन् । घरमा वास्तुदोष हुनुको कारण घरको शान्ति भंग हुने गर्दछ । पसल या प्रतिष्ठानमा वास्तुदोष हुनुको कारण जहिले घाटा भईरहन्छ । घर या प्रतिष्ठानमा वास्तुदोष वा नकारात्मक ऊर्जालाई टाढा राख्नको लागि कपूरको डल्ला घरमा राख्नु पर्दछ । यसो गर्नाले नकारात्मक ऊर्जा हटेर जानुको साथै धन लाभ हुने गर्दछ । साथै यसको अन्य फाइदा यस्ता रहेका छन् ।

प्रतिकृया दिनुहोस्