घरका सदस्यमा कोरोना भेटिएपछि सलमान ‘सेल्फ आइसोलेशन’ मा

अभिनेता सलमान खान ‘सेल्फ आइसोलेशन’मा बसेका छन् । घरका तीनजना सदस्यमा कोरोनाको संक्रमण देखिएपछि उनी परिवारसहित १४ दिनका लागि ‘सेल्फ आइसोलेशन’मा बसेका हुन् ।

समाचारका अनुसार सलमानको पर्सनल ड्राइभर अशोक र घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना देखिएको हो ।

कोरोना पोजेटिभ देखिएको व्यक्तिहरुलाई मुम्बईको बाम्बे हस्पिटलमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

सलमान र उनका पुरै परिवार सलीम खान र सलमा खानको म्यरिज एनिभल्सरी मनाउने प्रतिक्षामा थिए । अचानक घरको सदस्यामा कोरोना देखिएको कारण कार्यक्रम समेत स्थगित गरिएको छ ।

कामको कुरा गर्ने हो भने सलमान खान पछिल्लो समय बिग बास १४ मा ब्यस्त रहेका छन् । उनी छिट्टै फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ देखिनेछन् । फिल्ममा उनको साथमा दिशा पटानीको पनि मुख्य भूमिका रहेको छ । केही दिनअगाडी दिशाले हट विकिनीको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्