लाखौं पुगेको सुनको मुल्य आज भने कल्पनै गर्न नसकिने गरी ह्वात्तै घट्यो, हेर्नुहोस् बिवरण

काठमाडौँ । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको रु ९४ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय कायम भएको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य ५ रुपैयाले घटेर प्रतितोला १२ सय १५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्