
सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा
Posted in धर्म ज्ञान
हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ ।
त्यसमाथि बेलाबेलामा सेयर बजारमा देखिने अत्यधिक उतारचढावले लगानीकर्ताहरुलाई द्विविधामा पारिदिन्छ । कतिबेला बेच्ने, कतिबेला प्रतिक्षा गर्ने र कतिबेला बेच्ने भन्ने भेउ उनीहरुले पाउन सक्दैनन् ।
अहिलेसम्म सेयर बजारमा लगानीको लागि ढुक्क हुन सकिने कुनै पनि नियम बनेको छैन । तर, राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।
१. अर्काको धेरै अनुशरण
सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । त्यसैले एउटै सर्कलका धेरै मानिसले कुनै