Tuesday, April 13

राजनीतिक

यति भैसकेपछि देलान त अब प्रधानमन्त्रीले राजिनामा ?

Posted in राजनीतिक
काठमाडौ । आफ्नै पार्टीबीचको विवादका कारण समस्यामा परेका केपी शर्मा ओलीको अब प्रधानमन्त्री पद पनि धरापमा परेको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आधारभूत सहमति जुटेको छ। नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेगरी तीन पार्टीबीच सहमति भएको हो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि ओली इतरका दलहरु नयाँ सरकार गठनका लागि कसरतमा जुटेका छन् । सर्वोच्चको निर्णय पछि नेकपा एमालेमै रहनै निर्णय गरेका माधव नेपाल समुहलाई पनि यि दलले सहमतिमा सहभागी बनाएका छैनन् । एमाले बाहेकको सरकार बनाउन अन्य दलले सहमति गरेका हुन् । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन्। सोमबारसम्म सरकारबारे निर्णय गर्न नसकेका दलहरुले मंगलवार गहन छलफल गरेका थिए । मंगलवार कांग्रेसको नेतृत्वमा सरकार बनाउन सबै दल सहमत भएका हुन् ।
अब चैतमै ओलीको प्रधानमन्त्री पद खुस्किने ! देउवालाई प्रधानमन्त्री बनाउन तीन दलले यसरी गरे सहमति

Posted in राजनीतिक, समाचार