Tuesday, April 13

खेलकुद

बंगलादेशविरुद्ध नेपालको २ गोल

बंगलादेशविरुद्ध नेपालको २ गोल

Posted in खेलकुद
बंगलादेशविरुद्ध नेपालको २ गोल १६ चैत, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
महिला क्रिकेट : ललितपुर मेयर-११ टिम घोषणा

महिला क्रिकेट : ललितपुर मेयर-११ टिम घोषणा

Posted in खेलकुद
१४ चैत, काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसि क्रिकेट प्रतियोगिताकाे लागि ललितपुर मेयर-११ को टिम घोषणा भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सरस्वती चौधरीको कप्तानीमा ललितपुरकाे टिम घोषणा गरेको हो । क्यानले घोषणा गरेको १४ सदस्सीय टिममा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी,केनुका बस्नेत, अनिशा लामिछाने, अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेकी छिन् । पहिलाे संस्करणकाे ललितपुर मेयर कप चैत २१ देखि २८ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा आयोजना हुनेछ । उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। टी-२० फर्म्याटमा हुने प्रतियाेगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग पछि शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । प्रतियोगिता
थ्री नेसन्स कप : ‘स्वच्छ खेलको आस’

थ्री नेसन्स कप : ‘स्वच्छ खेलको आस’

Posted in खेलकुद
नेपालले फाइनल प्रवेशका लागि शनिबार निर्णायक खेलमा बंगलादेशविरूद्ध खेल्दै । जित वा बराबरीले नेपाल फाइनल पुग्ने । एक गोलले हार्‍यो भने पनि नेपाललाई थोरै कार्डमा फाइनल पुग्ने मौका । काठमाडौँ — अन्तिम २९ मिनेट दस खेलाडीमा समेटिएको किर्गिस्तान यू–२३ लाई पराजित गर्न नसकेको नेपाली राष्ट्रिय फुटबल टिम समूह चरणको अन्तिम खेलमा शनिबार बंगलादेशको सामना गर्दा थ्री नेसन्स कप फुटबलको फाइनल पुग्नैपर्ने दबाबमा छ । दशरथ रंगशालामा ६ वर्षपछि फर्किएको नेपाली टोली किर्गिज युवा टिमविरुद्ध गोलरहित रोकिएको थियो । त्यसैले बंगलादेश एक खेल बाँकी छँदै फाइनलमा पुग्यो । ‘अन्तर्राष्ट्रिय मैत्रीपूर्ण’ खेलको मान्यता पाउने नेपाल–बंगलादेशको प्रतिस्पर्धा विशेषगरी घरेलु टिमका लागि प्रतिष्ठाको विषय बनेको छ । किनभने बंगलादेशका प्रशिक्षक जेम्स डेले पहिला नै फाइनल पुगेमा नेपालविरुद्धको खेललाई नयाँ खेलाडीको परीक्षणका रूपमा लिइन
प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड : ९ स्वर्णसहित काकलिङ मावि प्रथम

प्रथम दोरम्बा राष्ट्रपति रनिङ शिल्ड : ९ स्वर्णसहित काकलिङ मावि प्रथम

Posted in खेलकुद
रामेछाप, ५ चैत । दोरम्बा गाउँपालिकाद्धारा आयोजित पालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि काकलिङ माध्यमिक विद्यालयले हात पारेको छ । काकलिङले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो पोल्टामा पारेको हो । काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, छात्रा दौड २ सय मिटर, छात्रा दौड १ हजार ५ सय मिटर, छात्र दौड ४ सय मिटर, छात्र दौड ३ हजार मिटर, कराँते छात्रा ४० केजी मुनी, कराँते एकल छात्रा, कराँते छात्र ४२ केजी मुनी, कबर्दी छात्रा १ गरि ९ स्वर्ण जितेको हो । त्यस्तै, दौड छात्रा २ सय मिटर, दौड छात्र ३ हजार मिटर, लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र र काता एकल छात्रा गरि ५ रजत बटुलेको थियो । लङजम्प छात्रा, कराँते ४७ केजी मुनी छात्र २, कबर्डी छात्रा कराँते ४२ केजी मुनी छात्र, कराँते ४५ केजी मुनी छात्रा र भलिबल गरि ७ कास्य जित्न सफल भएका छन् । प्रतियोगिता
डिआरएस गेमिङ्ग र खेलाडीबीच सम्झौता

डिआरएस गेमिङ्ग र खेलाडीबीच सम्झौता

Posted in खेलकुद
काठमाडौं, ५ चैत । अनलाइन खेल (ई-गेमिङ्ग)को दुनियामा नयाँ आयाम थपिएको छ । ई-गेमिङ्ग मध्येकै एक पब्जीका खेलाडीहरु पनि अव संस्थासम्ग आवद्धता हुँदै ब्यवसायिक रुपमा अगाडि बढ्ने भएका छन् । राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आवद्धता गर्दै “द रियल सोल्जर्स” (डिआरएस)ले ई-गेमिङ्गमा नयाँ आयाम थपेको हो । विहीबार डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरुले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे । अव डिआरएससँग आवद्ध खेलाडीहरुले एक बर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्ने छन् । साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डिआरएसले ब्यहोर्ने भएको छ । कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए । उनले सर्वसाधारण खेलाडीहरुले प्राप्त गर्ने रकम प्राप्त गर्ने
बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Posted in खेलकुद
एजेन्सी, ५ चैत । साविक विजेता जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति इटालियन प्रतिद्वन्द्वी लाजियोलाई २–१ ले तथा समग्रमा ६–२ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।पहिलो लेगमा बार्यनले ४–१ को जित दर्ता गरेको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बुधबार राति बार्यनका लागि रोबर्ट लेवान्डोस्की र चोउपो–मोटिङ्गले एक–एक गोल गरे । लाजिओका लागि पारोलोले एक गोल फर्काएका हुन् । लेवान्डोस्कीले ३३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । यस्तै मोटिङ्गले ७३ औँ मिनेटमा गोल गरे । पारोलोले ८२ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् ।
रियल र सिटी क्वार्टरफाइनलमा

रियल र सिटी क्वार्टरफाइनलमा

Posted in खेलकुद
पेरिस — रियल म्याड्रिड र म्यानचेस्टर सिटीले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेका छन् । स्पेनी महारथी रियलले एटलान्टालाई अन्तिम १६ को दोस्रो लेगमा ३–१ ले हराउँदै समग्रमा ४–१ को अग्रता लिन सफल रह्यो । पछिल्ला तीन सिजनमा रियल अन्तिम आठमा पुगेको यो पहिलोपल्ट हो । उसको पछिल्लो जितमा करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सोले एकएक गोल गरे । सिरी ए टिम एटलान्टाका तर्फबाट लुइस मुरियलले एक गोल फर्काए । अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब सिटीले जर्मन प्रतिद्वन्द्वी मुन्छेनग्लाडबाखलाई दोस्रो लेगमा २–० ले हराएर समग्रमा ४–० को अग्रता लियो । दोस्रो लेगमा केभिन डे ब्रुन र इलकयी गुन्डोगनले गोल गरे । सिटी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार चौथो सिजन हो ।
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स